मेस्सीको डेब्यु अर्को साता : कस्तो गर्लान् प्रदर्शन ?

एजेन्सी – पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले आगामी साता रेइम्सविरुद्ध हुने लिग वान खेलमार्फत मेस्सीले डेब्यु गर्नसक्ने सङ्केत गरेका छन् ।

‘यो साता मेस्सीका लागि निकै राम्रो रह्यो । र, मलाई आशा छ सबै राम्ररी अघि बढ्यो भने अर्को साता उनी प्रतिस्पर्धात्मक शैलीमा टिमको हिस्सा हुनेछन् ।’ उनले भने ।मेस्सीले पिएसजीको टोलीसँग पर्याप्त प्रशिक्षण गर्न नपाएका कारण सुरुवाती तीन खेलमा उनलाई मैदान उतारिएन ।

बिज्ञापन

यी तीनवटै खेलमा पिएसजी विजयी भइसकेको छ । नेइमार पनि यी खेलमा सहभागी थिएनन् ।

विगत २१ वर्षसम्म बार्सिलोनाबाट खेलेका मेस्सीले १७ वर्ष सिनियर टोलीबाट खेलेका थिए । उनले यसक्रममा चारपटक च्याम्पियन्स लिग तथा १० पटक स्पेनिस ला–लिगा जिते । ६ पटकका बेलोन डि’ अर विजेता मेस्सी यसै सिजन बार्सिलोनासँगको सम्झौता सकिएपछि पिएसजीमा आबद्ध भएका हुन् ।