बझाङमा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु

बझाङ — शुक्रबार राति जयपृथ्वी नगर पालिकामा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

नगरपालिकाकाे वडा नं १, कैलाशबाट सदरमुकाम चैनपुर आउँदै गरेको सु. प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा नं २ मोर्ताेलीमा दुर्घटना भएको थियोे ।

बिज्ञापन

जिप दुर्घटनामा सख्त घाइते भएका सवारीधनी पूरबहादुर सिंहको उपचारका लागि धनगढी लैजाँदै गर्दा बागथला नजिकै मृत्यु भएको छ ।

दुर्घटनामा सिंहको छातीमा गम्भीर चोट लागेकाले उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएकाे उनका आफन्तले उकेस सिंहले बताए ।

मोर्ताेलीको विद्यालयनजिकैको घुम्तीमा जिप घुमाउने क्रममा जिप दुर्घटना भएको स्थानीय उत्तम साउँदले बताए । अनियन्त्रित भएको जिप ५० मिटर तल खसेको थियोे ।