जनप्रतिनिधिहरूसँग बृहत् अन्तरक्रियामा काँग्रेस नेता साउँद

कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य एनपी साउँदले कांग्रेसको विचार, सिद्धान्त र आदर्शमा आस्था राख्ने व्यक्तिले पार्टीका मूल्य मान्यतालाई अनुसरण गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं २ स्तरीय निर्वाचित जनप्रतिनिधि हरूकाे बृहत् अन्तरक्रिया कार्यक्रमको  उद्घाटन गर्दै पूर्वमन्त्री साउँदले यस्तो बताएका हुन् । उनले पार्टीको मूल भावना र आदर्शभन्दा बाहिर गएर काम गर्ने छुट कसैलाई नभएकामा जोड दिएका छन् ।

बिज्ञापन

पार्टीको महत्त्वपूर्ण जिम्मेवारी लिएका व्यक्ति वा निर्वाचित जनप्रतिनिधिले नेपालकाे संविधान, कानुन  र जनताकाे भावनाबमाेजिम काम गरे मात्र राजनीति सार्थक हुनेमा उनले बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति लालबहादुर सिंहले संगठन बलियाे भएमात्रै पार्टी बलियाे हुने बताए । पार्टी बलियाे हुँदा कांग्रेसले तीनै तहका निर्वाचन सहजै जित्न सकिनेमा उनले जोय दिए ।

शुक्लाफाँटा नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधिद्वारा झलारीमा आयाेजित कार्यक्रमका सभापति नगर प्रमुख दिलबहादुर ऐरले तीन वटै नगरपालिकाभित्र विजयी जन प्रतिनिधिहरूबीच विकास निर्माणलगायत समसामयिक विषयमा छलफल गर्न कार्यक्रमको आयाेजना गरिएको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गाेविन्द शाह, सुदूरपश्चिम प्रदेश सभा सदस्य श्यामलाल रानालगायत नेताहरूकाे उपस्थिति रहेकाे थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस शुक्लाफाँटा नगर कमिटी सचिव हरेन्द्रकुमार भण्डारीले गरेका थिए।