
काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन माघ १० गते स्वदेश फर्कने भएका छन् ।
स्वास्थ्य उपचारका लागि चीनमा रहेका नेता पुनले आज सामाजिक सञ्जालमा स्टाटस राख्दै सोमबार स्वदेश फर्कने जानकारी गराएका हुन् ।
कमलपित्त रोगबाट पीडित उनी केही हप्ता अघिदेखि चीनमा उपचार गराउँदै आएका थिए ।
चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य बनेको बताइएको छ ।
नेता पुन पर्सि सोमवार साँझ हिमालयन एयरलाइन्सबाट काठमाडौं आउने तय भएको छ ।