प्रधानमन्त्रीलाई ज्वरो आएपछि नेकपा सचिवालय  बैठक स्थगित

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय विभागको नेतृत्व र नेताका जिम्मेवारी वाँडफाँटका लागि बस्ने भनिएको सचिवालय बैठक आजपनि स्थगित भएको छ ।

 

आन्तरिक बिवादका कारण पटक पटक सर्दै आएको बैठक आज भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई ज्वरो आएका कारण स्थगित भएको नेताहरुले बताएका छन् ।

 

आज बैठकका लागि वालुवाटार पुगेका नेताहरु बैठक नवसी फर्किएका छन् । अव सचिवालय बैठक शुक्रबार (भोलि)३ बजे बस्ने गरि स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहिबार अपरान्हका लागि बोलाईएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि शुक्रबार सम्मका लागि स्थगित गरिएको छ,’ प्रवक्ता समेत रहेका सचिवालय सदस्य श्रेष्ठले भने । उनका अनुसार प्रधानमन्त्रीलाई ज्वरो आएको कारण बैठक स्थगित भएको हो ।