इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

शनिबार राति भएको खेलमा युनाइटेडको जितका लागि इन्जुरी समय मार्कुस रासफोर्डले निर्णायक गोल गरे ।

बिज्ञापन

इन्जुरी गोलसँगै वेस्ट ह्याम युनाइटेड म्यानचेस्टरसँग १–० ले पराजित भएको हो ।

जितसँगै युनाइटेडले ३८ अंक बनाएको छ । २२ खेल खेलेको युनाइटेड चौंथो स्थानमा उक्लिएको छ ।

वेस्ट ह्यम भने ३७ अंकसहित पाँचौं स्थानमा छ ।