
काठमाडौं — पछिल्लो २४ घण्टामा ६ हजार ४६२ कोरोना संक्रमित थपिएका छन् ।

१७ हजार ४३७ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमणदर ४१.८ प्रतिशत रहेको छ ।
बिज्ञापन



त्यस्तै, ३२ मध्ये २८ नमुनामा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको छ । बाँकी ४ नमुनामा डेल्टा भेरिएन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १४१६ संक्रमित निको हुँदा ४ जनाको मृत्यु भएको छ ।
हाल देशभर ७७ हजार ७ जना सक्रिय संक्रमित छन् ।
आज काठमाडौं उपत्यकामा ३ हजार ७९१जनामा संक्रमण पुष्टि भएको छ ।