
काठमाडौं : ग्रेटर नेपाल राष्ट्रबादी मोर्चाले भारत सरकारलाई नेपाली भूभाग अबिलम्ब फिर्ता गर्न माग गरेको छ|

मोर्चाले आज एक बिज्ञप्ति जारी गर्दै उक्त माग राखेको हो | मोर्चाका अधक्ष्य फणिन्द्र नेपाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ;




अगष्ट १५ भारतीय जनताले बेलायती साम्राज्यबाट स्वराज पाएको एतिहासिक दिन भएको हुदा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ, तर यहि दिन बेलायत अधिनमा राखिएको नेपाली जमिन पनि उपनिवेशबाट मुक्त भएको हो भन्ने सत्यपट्टि आखा चिम्लेर भारतले सुगौली संधिपुर्बको नेपालको जमिनमा उपनिवेश कायम गरेको हुदा नेपाली मात्रका निम्ति अगष्ट १५ कालो दिन हो भन्ने ग्रेटर नेपाल राष्ट्रबादी मोर्चाको ठहर छ |
साथै मोर्चाले आफ्नो बिज्ञप्तिमा कश्मिरको विशेष अधिकार खोसेर भारतले मच्चाएको आ*तक स्वतन्त्रताको अर्थको धज्जी नै उडाएको प्रति निन्दा व्यक्त गरेको छ |
बिज्ञप्तिको पूर्ण पाठ :