संसदीय समितिको बैठकमा पुगे प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भाग लिन पुगेका छन् । समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न शर्मालाई बैठकमा बोलाएको हो ।

बिज्ञापन

बैठक केही बेरअघिबाट सिंहदरबारस्थित समितिको हलमा सुरु भएको छ । समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पनि छलफलका लागि बोलाएको छ ।

बैठकमा एसपीपी, प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणलगायत विषयमा छलफल हुने जनाइएको छ ।

गएको बुधबार काठमाडौंस्थित अमेरिकी दूतावासले एसपीपीमा सहभागी हुन नेपालले गरेको प्रस्ताव स्वीकार भइसकेको जनाएको थियो । बुधबार साँझ नेपाली सेनाले एसपीपीमा अहिलेसम्म कुनै प्रक्रिया समेत नबढेको दाबीसहितको विज्ञप्ति जारी गरेको थियो ।

तर, बिहीबार सेनाले नै एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापतिलाई छलफलमा बोलाएको हो ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९