मित्रपार्कमा झडप : एक युवको मृत्यु, दुई जना पक्राउ

काठमाडौँ : काठमाडौँको मित्रपार्कमा युवाहरूबीच झडक भएको छ । मित्रपार्कस्थित सडकको ओरालोमा गएराति युवाहरूबीच भएको झडपमा परि एक जनाको मृत्यु भएको छ ।

भने दुई जान पक्राउ परेका छन् । झडपका क्रममा भाग्दा गौरीघाट जाने ओरालो तर्फको अग्लो सडकबाट लडेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

झगडा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा ३९ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षका सुरेश दर्नाल छन् । पक्राउ परेका आरोपी सुरेश दर्नालले मृतकलाई नचिन्ने दाबी गरेका छन् । 

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आरोपविरुद्ध ज्यानसम्बन्धी कसुरमा म्याद लिएर महानगरीय प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ । मदिरा सेवन पछि उनीहरूको बीचमा झगडा भएको थियो ।