
काठमाडौँ : नेपालमा हुने तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा सरेको छ । अर्को वर्ष जनवरी २० देखि भारतमा हुने प्रतियोगिताको छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपाल रहेको समूहमा हङकङ र फिलिपिन्स छन् ।

यस समूहको छनोट चरणको खेल नेपालको दशरथ रंगशालामा हुने तय भएको थियो । प्रतियोगिताका छनोट चरणका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म हुने तय भएको थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी)ले कोभिड संक्रमणको बढ्दो असरका कारण नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको हो ।
बिज्ञापन



एन्फाका अनुसार एएफसीले कोभिडको बढ्दो प्रभावका कारण नेपाल, बंगलादेश र इन्डोनेसियाबाट छनोट खेलहरु बाहिर निकालेको हो । एसिया कप छनोटका लागि नेपालले तयारी तिव्र बनाएको छ ।
