
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव २०७९ जेठ ४ गते हुने बताएका छन्।

बागमती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताएका हुन् ।
बिज्ञापन



भेटमा सहभागी कांग्रेस नेता किरण गिरीले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने,‘स्थानीय तहको निर्वाचन जेठ ४ मा हुन्छ । त्यसको लागि तयारी गर्नू ।’
