आजको मौसम : यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडाैं । पहाडी भूभागमा स्थानीय वायु प्रभाव रहेको छ । बिहान प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

 दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिज्ञापन

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ। मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

 बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली  रहने ठानिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।