
बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ।

पुस १३ गते भेरी अस्पतालमा अस्पताल भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका– २ का ८६ वर्षीय पुरुषको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले जानकारी दिए।
बिज्ञापन



यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४८ पुगेको छ।

यस्तै भेरी अस्पतालमै गए राति पौने १२ बजे दाङको शान्तिनगर गाउँपालिका –२ का ८० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो। उनलाई पुस १६ गते अस्पताल भर्ना गरिएको थियो।