आजको मौसम कस्तो ?

काठमाडाैं : देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अरु प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा पनि हल्का वर्षा हुनेछ । 

बिज्ञापन

पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाकाे प्रक्षेपण छ । 

राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएको छ ।