म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा

म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ। प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले पराजित गर्दै सिटी पाँचौ चरणमा प्रवेश गरेको हो।

सुरुवाती अग्रतालाई उल्टाएर शानदार पुनरागमन गरेको सिटी अन्तिम १६मा प्रवेश गरेको हो। फुलहमका फाबियो कार्भाल्होले खेलको चौंथो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, उक्त अग्रता दुई मिनेट भन्दा बढी टिक्न सकेन। खेलको छैठौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै खेल बराबरीमा फर्काए।

बिज्ञापन

खेलको १३ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीको अग्रता २-१ बनाए। त्यसपछि सिटी खेलमा हाबी भयो।

५३ औं मिनेटमा रियाद महरेजले पेनाल्टीको अवसरलाई सदुपयोग गरे। पेनाल्टी गोलसँगै सिटी ३-१ ले अगाडि भयो।

त्यसपछि खेलको ५७ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दैै अग्रता ४-१ बनाए।