लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सुरु भएको छ ।

शनिबार लिबियामा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेश्रो डफ्फालाई बदली गर्नका लागि स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी नन्दबहादुर सिंहको नेतृत्वमा ७० जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सेना विभिन्न मिसनहरूमा सहभागी हुँदै आएको छ ।