कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (आइतबार) पनि बस्दै छ।

बिहीबारदेखि जारी बैठकमा आज  म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे निर्णय लिने कार्यसूचीमाथि छलफल हुनेछ।

बिज्ञापन

यसअघि गएको शुक्रबार पनि कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो।

आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ लगायतका कांग्रेस भ्रातृ संस्थाको नेतृत्व रिक्त छ।

यसअघि नै बैठकले बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने निर्णय गरिसकेको छ।

आजको बैठकले स्थानीय निर्वाचन तयारीका लागि विभिन्न समितिसमेत गठन गर्ने जनाइएको छ।