
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक डाकेको छ ।

भोलि (मंगलबार) बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक तय गरिएको हो ।
बिज्ञापन



बैठकमा प्रधानन्यायाधीशमाथिको महाअभियोगपछिको राजनीतिक घटनाक्रम, एमसीसी, संसद बैठकमा एमालेको जारी अवरोधलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको पनि संसदीय दलको बैठक आज बसेको हो ।