सुनसरीको  एक कुखुरा फर्ममा बर्डफ्लु रोग संक्रमण

सुनसरी । सुनसरीको दुहबी नगरपालिका ३ स्थित एक कुखुरा फर्ममा बर्डफ्लु रोग संक्रमण पुष्टि भएको छ ।
दुहबी ३ स्थित सुरेश तिवारीको सन्देश कृषि फर्ममा रहेको बोइलर कुखुराको नमुना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको हो ।
उक्त नतिजाबारे पशु सेवा विभागले हिजो जिल्ला प्रशासन कार्यालय सुनसरीलाई जानकारी दिइएको छ ।

पत्र पाएपछि मंगलबार बर्डफ्लु नियन्त्रण समितिको बैठक बसेर बर्डफ्लु नियन्त्रण नियमावली २०७८ अनुसार रोग नियन्त्रणको कार्य अघि बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

बिज्ञापन