
काठमाडाैं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आजदेखि निर्वाचन आयोगमा दल दर्ता सुरु हुँदैछ। आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको हो।

वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आजदेखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने उनले बताए। हाल निर्वाचन आयोगमा १०३ वटा दल दर्ता छन् । ती दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने व्यवस्था छ।
बिज्ञापन



सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको थियो । घोषणा गरिएको स्थानीय तह निर्वाचन रोक्न मागसहित सर्वोच्चमा परेको मुद्दा दरपिठ भएको थियो । तर सर्वोच्चले उक्त परेको रिट दर्ता गर्न बुधबार आदेश दिएको छ।
