एमसीसी टेबल भए यसरी पास गर्ने कांग्रेसको दाउ

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गरिछाड्ने कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाको लाइन रहेको छ । अहिले ५ दलीय सत्ता गठबन्धनभित्र एसीसीको विषयमा चर्को समर्थन र विरोध रहेको छ ।

सत्ता गठबन्धनका साझेदार माओवादी, राष्ट्रि जनमोर्चा, नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा छन् ।

बिज्ञापन

जसपाभित्र एमसीसीको पक्ष र विपक्ष दुवैमा रहेका छन् । यस्तो अवस्थामा कांगे्रसले एमसीसी संसदमा जसरी पनि टेबल गर्ने र पास गर्ने अडानमा छन् । यसको लागि कांग्रेसलाई माओवादीका सभामुख र अर्थमन्त्री भएको कारण समस्या भइरहेको छ ।

एमसीसी संसदमा टेबल भए एमालेको अवरोध हुने र काँग्रेस, लोसपा र जसपाका केही सांसदको समर्थनमा एमसीसी पास गर्न सकिने काँग्रेसको बुझाइ छ । काँग्रेसले ८४ जना सांसद एमसीसीको पक्षमा उभिने दाबी गरेको छ।

एमसीसी संसदमा टेबल भयो भने पास हुन्छ भन्नेमा कांग्रेस ढुक्क छ । सम्भव भए एमालेलाई एमसीसीको पक्षमा उभिने वातावरण बनाउने तयारी कांग्रेसको छ । त्यो भएन भने एमालेले संसद अवरोध जारी राख्छ।

कांग्रसका अनुसार एमसीसीको पक्षमा हुन्छ भन्नेहरु ८४ हुन्छन्। हुन्न भन्नेहरुको संख्या कम हुन्छ। एमसीसी पास हुन्छ। तर, सभामुख र अर्थमन्त्री माओवादी निकट भएकाले एमसीसी टेबल गर्ने कुरामै कांग्रेसले समस्या देखेको छ । प्रचण्डको सहमति विना सभामुख र अर्थमन्त्रीले एमसीसी टेबल गर्ने अवस्था छैन।

एमसीसीमा अर्थमन्त्रीले हस्ताक्षर गरेकाले यो अर्थमन्त्रालयको बिजनेस हो। अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुपर्ने छ। त्यसपछि पास र फेलको प्रक्रियामा जान्छ।