
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शिर्ष नेताबीच भेटवार्ता भएको छ ।
प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैनुभन्दा पहिले शिर्षनेताहरुबीच छलफल भएको हो ।
माओवादी केन्द्र र नेकपा एकीकृत एमसीसीको विपक्षीमा उभिने भएका छन् ।
प्रतिनिधिसभा बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच आज बिहान भएको छलफलमा दुवै दलका सांसदहरु एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति भएको हो ।
माओवादी र एकीकृत समाजवादीमा एमसीसीको विपक्षमा उभिन शीर्ष नेताहरूमाथि चर्को दवाव छ ।
तर गठबन्धनमा रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग मागिरहेका छन् ।