
काठमाडौं । नेपाली कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक आज (बुधबार) बस्दैछ ।

बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिएका छन् ।
बिज्ञापन



बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ ।

कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।