
धनगढी । कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ ।

जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्यु भएको जानकारी दिएका छन् । लागुऔषध मुद्दामा पुर्पक्षका लागि उनी थुनामा परेका थिए ।
बिज्ञापन



