
सुर्खेत । दैलेखमा बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चामुनण्डा बिन्द्रासैनी नगरपालिका–४ बस्ने २४ वर्षीय नविन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिज्ञापन



नविनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी तत्काल पुगेर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नविनलाई हिरासतमा राखेर घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।