
एजेन्सी । यमनमा भएकाे छुट्टाछुट्टै हमलामा कम्तिमा ४७ जनाको मृत्यु भएकाे छ।
यमनमा सैनिकको परेडका क्रममा भएको आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। हुथी विद्रोहीले सैनिक परेडलाई लक्षित गरी मिसाइल र ड्रोन प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
हुथी विद्रोहीले सञ्चालन गरेको एक टेलिभिजन च्यानलका अनुसार यमनको दक्षिणी इलाकास्थित अदन शहरमा भइरहेको सैन्य परेडमा आक्रमण भएको हो। अदन शहर यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको शक्ति केन्द्र हो।
पहिला एक प्रहरी कार्यालयमा भएको आत्मघाती बम आक्रमणमा ११ जनाको मृत्यु भएको थियो। दुई आक्रमणका बीचको सम्बन्ध रहे नरहेको बारे स्पष्ट भइनसकेको समाचारमा उल्लेख छ।