माधव नेपालको चेतावनीपछि झलनाथ खनालले पनि मुख खोले

काठमाडौं, २५ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी निर्णय भइसकेकाले एमसीसीबारे जथाभावी नबोल्न र नलेख्न चेतावनी दिएका छन् ।
नेपालले फेसबुकमा केही नेताहरूले एमसीसीबारे जथाभावी लेखेको भन्दै अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए ।

उनले अनुशासनमा बस्नुपर्ने भन्दै एमसीसी अनुमोदनको पक्ष नलिएको भए देश फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातमा जाने खतरा थियो भने ।

बिज्ञापन

नेता नेपालपछि बोलेका नेकपा एसका सम्मानित नेता झलनाथ खनालले एमसीसी कार्यान्वयनमा गएमा कम्युनिस्ट विरोधी हुने जिकिर गरे ।

यसलाई सामान्य रूपमा नलिन भन्दै हतारहतार पारित भएकामा प्रश्न गरे । उनले अहिलेकै अवस्थामा एमसीसी कार्यान्वयन भएमा अमेरिकी हितमाथि रहने र चीनविरोधी हुने तर्क गरे ।

एमसीसीबारे नेकपा एसमा मतभेद छ । अध्यक्ष नेपाल पक्षमा देखिएका छन् भने खनाल विपक्षमा उभिएका छन् ।