एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाउने : गोविन्द बन्दी किन यथावत् ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले कानूनमन्त्री गोविन्द बन्दीबाहेक आफ्ना सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी भएकाहरूको ६ महिनाभन्दा बढी समय व्यतित गरेकाहरूलाई तत्कालै फिर्ता बोलाउनेगरी एकीकृत समाजवादीले गृहकार्य थालेको छ।पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट सरकारमा सहभागी भएकाहरूलाई फिर्ता बोलाउने तयारी भएको बारे रिपोर्टर्स नेपाल डटकममा बोलेका छन्

।”अहिले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबैको ६ महिनाभन्दा बढी समय भयो, उहाँहरू सबैलाई फिर्ता बोलाउँदै छौँ ।” उनले भनेका छन् ।अहिले एकीकृत समाजवादीबाट पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठ छन् । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भने भवानी खापुङ छन् । उनीहरूलाई फिर्ता बोलाएर पार्टीले नयाँ व्यक्ति पठाउने तयारी गरेको खनालको भनाइ छ । बन्दी भने स्वतन्त्रबाट मन्त्री बनेका हुन् । उनी हालै मन्त्री बनेका हुन् । सांसद नरहेका स्वतन्त्र व्यक्ति ६ महिनासम्म मन्त्री बन्नसक्ने संवैधानिक प्रावधान छ ।

बिज्ञापन