
काठमाडौं, २७ फागुन । चिनियाँ राजदूत होउ यान्छीले आज गृहमन्त्री बालकृष्ण खाँडसँग भेटवार्ता गरेकी छिन् ।

सिंहदरबारस्थित गृहमन्त्रालय पुगेकी उनले खाँडलाई कार्यकक्षमा भेटेकी हुन् ।
बिज्ञापन



चिनियाँ विदेशमन्त्री वाङ ईको आसन्न नेपाल भ्रमण अघि यान्छी सक्रिय भएकी हुन् ।

उनले अनौपचारिक भेटहरू पनि गरेको बुझिएको छ । २५ फागुनमा यान्छीले माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् ।