ओलीको दाबी : स्थानीय निर्वाचनमा ७० प्रतिशत सिट जित्छौं

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा ७० प्रतिशत सिट जित्ने दाबी गरेका छन् ।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिटमा निर्वाचन जिन्ते दाबी गरेका हुन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा उनले पार्टीले एक्लै निवाचन जित्ने ठोकुवा गरेका छन् ।

ओलीले बुद्धिजीवीहरूले ‘कम्युनिस्ट पार्टी मिल्ने कि सकिने ’ भन्दै आर्टिकल लेखेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

उनले जनता झुक्याउनरअल्मल्याउन त्यस्ता कुरा गरेको भन्दै जिस्क्याउने खालका कुरा नगर्न पनि आग्रह गरेका छन् ।

साथै अध्यक्ष ओलीले नाम मात्रै राख्दैमा सबै कम्युनिस्ट नहुने उनले पनि जिकिर गरेका छन् ।

कम्युनिस्ट पार्टीको दुईतिहाइको सरकार ढाल्नेहरू कम्युनिस्ट हुन नसक्ने अध्यक्ष ओलीको भनाई छ ।