
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन्।
सिंगापुरमा उपचाररत पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेताद्वय गौतम र पौडेल आज सिंगापुर जान लागेको नेकपाले जनाएको छ।
नेकपाका अनुसार गौतम र पौडेल आज दिउँसो १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने योजनाका साथ दुबै नेता सिंगापुर जान लागेको नेकपा स्रोतले बताएको छ।
मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । ५ भदौमा उपचारका लागि सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली दुई सातापछि शुक्रबार स्वदेश फर्कंदैछन् ।