
काठमाडौं, ७ चैत्र । सरकारको नेतृत्वको गरेको नेपाली कांग्रेसका शीर्ष नेताहरूले कांग्रेसले एक्लै चुनाव लड्ने बताइरहेका छन् । तर आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनबीच चुनावी तालमेलको गृहकार्य सुरु भएको छ ।
प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा भने गठबन्धनलाई साथमै लिएर अघि बढ्न चाहन्छन् ।यसबीचमा प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफल गरिरहेका छन् ।
केही समय पहिले त उनले कांग्रेस नेताहरूलाई गठबन्धनका नेताहरूको मन दुखाउने गरी नबोल्नसमेत निर्देशन दिएका थिए ।
उता, प्रचण्डको गृहजिल्ला चितवनमा पनि चुनावी तालमेलको गृहकार्य सुरु भएको छ ।
कांग्रेसले संघको निर्वाचनमा प्रचण्डलाई सघाउने वचन दिएको छ ।
तर, स्थानीय तहको निर्वाचनमा भने भरतपुर महानगरपालिकाको नेतृत्व कांग्रेसलाई दिनुपर्ने शर्त राखेका छन् ।
अहिले भरतपुरको मेयरमा रेनु दाहाल छिन् ।
उनी पुनः मेयरमा उठ्ने चर्चा भएको छ ।