दिपेन्द्रको शतक र देवको अर्धशतकमा नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य

काठमाडौं — एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २७९ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्भातिर ५० ओभरमा २७८ रन बनायो ।

बिज्ञापन

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले करियरकै पहिलो शतकीय पारि खेले । दिपेन्द्रले १४० बलममा १०५ रन बनाए ।

त्यस्तै, ओपनर देव खनालले ७२, रोहितकुमार पौडेलले ३५, भीम शार्कीले २६ र कप्तान सन्दीप लामिछानेले नटआउट २४ रन बनाए ।

शुक्रबार भएको खेलमा नेपाल पीएजनीसँग ६ रनले पराजित भएको थियो ।

त्यसअघि यूएईमा नेपालले पहिलो खेलमा पीएजनीमाथि दुई विकेट र दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।

नेपालले पीएनजीसँग एकदिवसीय सिरिज लगत्तै नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछन् ।