भूतपूर्व गोरखा सैनिकहरूलाई पार्टी प्रवेश गराउँदै माओवादी

काठमाडौँ । भूतपूर्व गोरखा सैनिकहरूको संगठन गेसोका केही पदाधिकारीसहित सदस्यहरूलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी प्रवेश गराउने भएका छन् ।

दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त कार्यक्रम तय भएको छ ।

बिज्ञापन

पार्टी प्रवेश गर्नेहरूमध्ये केही नेताको आजै जिम्मेवारी तोकिने माओवादी केन्द्रले जनाएको छ ।

जिम्मेवारी प्राप्तपछि स्थानीय तह निर्वाचन अभियानमा खटाइने भएको छ ।