
काठमाडौँ – विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग लज्जास्पद हार व्यहोरेको छ । बिहिबार राति भएको खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको थियो । नेपालले खेलको सुरुवातदेखि नै नियन्त्रण गुमाएको थियो । कुवेतले खेल अवधिभर नेपाललाई दबाबमा राखेको थियो।
बिज्ञापन



अब नेपालले भदौ २४ गते ताईपेईसँग उसैको मैदानमा खेल्नेछ ।
