
कञ्चनपुर – बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली काँग्रेसलाई उम्मेदवार छान्नै सकस देखिएको छ ।

नगरमा यस पटक मेयरका लागि १३ आकांक्षी देखिएका छन् भने उपमेयमा ८ जना आकांक्षी देखिएका छन् ।



शुक्लाफाँटा नगर कार्यसमितिले मेयर र उपमेयरका आकांक्षीहरूको नामावली सङ्कलन गरेको छ । नेपाली काँग्रेसनिकट स्रोतका अनुसार आसन्न स्थानीय तह चुनावमा वर्तमान मेयर दिलबहादुर ऐरले पुनः दोहोरिन चाहेका छन् ।

उनी गत चुनावमा मेयर निर्वाचित भएका थिए । काँग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री चिन्तामणि भट्ट, काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति लालबहादुर सिंह, नेपाल ट्रेड यूनियन काँग्रेसका सुदरपश्चिमका अध्यक्ष सिद्धराज भट्ट, नेता दलबहादुर बोहरा, भैरवसिंह ऐर, गणेशबहादुर बिष्ट, मधु बोहरा, तेज शाह, दुर्गाप्रसाद भट्ट, ज्ञानेन्द्रबहादुर सिंह, सुरेन्द्रबहादुर चन्द र करनसिंह ऐरबीच टिकटका लागि प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै उपमेयरमा धर्मा बिष्ट, कल्पना पन्त, मोनिका सिंह शाही, भूमा चन्द, धनेश्वरी भट्ट, बिमला सार्की, कलावतीदेवी बोहरा र विस्ना पन्तले आकांक्षा देखाएका हुन् ।