श्रीलंका नजान आफ्ना नागरिकहरुलाई अमेरिकाको आग्रह

एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा नजान संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ।

इन्धन अभाव, औषधोपचारमा समस्याका साथै आतंकवादी गतिविधि र कोभिड-१९ लाई कारण देखाउँदै अमेरिकाले दक्षिण एसियाको टापुमा नजान भनेको हो।

बिज्ञापन

श्रीलंकालाई लिएर अमेरिकाले जारी गरेको ट्राभल एड्भाइजरीमा भनिएको छ, कोभिड १९ र इन्धन तथा औषधिको अभाव रहेकाले श्रीलंका यात्रालाई पुनर्विचार गर्नुहोस ।

अमेरिकाले श्रीलंकालाई लेभल-३ मा राखेको छ। सेन्टर फर डिजिस कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल ३ को ट्राभल हेल्थ नोटिस जारी गर्दै भ्रमण ननगर्न भनेको हो।

यता स्टेट डिपार्टमेन्टले इन्धन, खाना पकाउने् ग्यास र औषधिसँगै खाद्यान्न समेत अभाव हुन थालेको बताउँदै अहिलेको अवस्थामा भ्रमण नगर्न सुझाएको छ।

त्यहाँको आर्थिक अवस्थाका कारण प्रदर्शनहरु भइरहेका छन् र ग्यास स्टेसन, ग्रसरी स्टोर तथा औषधि पसलमा समेत लाम लाग्‍न थालेको छ।

देशव्यापी शान्तिपूर्ण हड्ताल पनि चलिरहेको छ। कतिपय ठाउँमा प्रहरीले पानीका फोहरा, अश्रु ग्यास पनि प्रहरीले प्रहार गरिरहेको छ।