२४ घन्टामा देशभरि १२ जना कोभिड-१९ संक्रमित भेटिए

पछिल्लो २४ घन्टामा देशभरि १२ जना कोभिड-१९ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ४ सय ८९ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्।

बिज्ञापन

आज ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण हुने मृत्युको संख्या आज पनि शून्य रहेको छ।

मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्।

हाल देशभरि १० जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्।

आज देशभरि ६ हजार ७ सय ५८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।