
ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ । साथै यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ १ हजार ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार यहाँ कोरोना भाइरसका कारण एक हजारजना भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ९८ लाख ६ हजार ९६५ जना सङ्क्रमित भएका छन् ।

बिज्ञापन



