आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भू-भागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

प्रदेश १ लगायत पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १,मधेस प्रदेश, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । बुधबार पहाडी भू-भागसँगै मधेस प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।