राष्ट्रिय खेलकुद परिषद बोर्डको बैठक आज बस्दै

राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठक आज बस्दैछ । राखेपमा सदस्यसचिव टंक लाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका हुन् । बैठक करिब तीन वर्षपछि बस्न लागेको हो ।

आजको बैठकमा मुख्य गरेर दुई वटा एजेन्डा हुने जनाइएको छ ।

सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद र १९ औं एशियन गेम्सको सहभागिताका बिषयमा मुख्य एजेन्डा बनाएका छन् ।

पछिल्लो पटक घिसिङले एशियन गेम्समा कति खेल समावेश गर्ने भन्ने विषयमा विभिन्न निकायसँग छलफल गरेका थिए ।

यस्तैमा पदकको संभावना भएका खेललाई मात्र सहभागिता गराउने की भन्ने विषयमा पनि छलफल भएको थियो ।