
काठमाडौं : गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता मंसिर २७ गते देखि सुरु हुने भएकोे छ । बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीको सहभागिता रहने छ।
आयोजक प्रदेश संघले आज एक विज्ञप्ति जारी गर्दै मंसिर २७ देखि ३० गतेसम्म प्रतियोगिता संचालन हुने जनाएको हो।
प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ । प्रतियोगितामा तीन टिम हुनेछ ।