
पाल्पा — सत्ता साझेदार दलहरूबीच चुनावी गठबन्धन गरेर अघि बढ्ने सहमति भएको छ । लामो समयदेखि सहमतिको प्रयास भएपछि शनिबार बिहानको छलफलपछि गठबन्धनमा सहमति जुटेको हो ।

सहमतिअनुसार पाल्पाको १० पालिकामा ६ वटामा कांग्रेसले नेतृत्व लिनेछ ।



यस्तै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले २÷२ पालिकामा नेतृत्व लिने सहमति भएको गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनमोचा, पाल्पाका अध्यक्ष विशाल दर्लामीले जानकारी दिए ।

सहमितअनुसार रामपुर, माथागढी, बगनासकाली, निस्दी, रैनादेवी छहरा गाउँपालिकामा कांग्रेसले नेतृत्व पाउनेछ ।
यस्तै माओवादीले तिनाउ र रिब्दीकोट, एकीकृत समाजवादीले रम्भा र पूर्वखोलामा पालिकाको नेतृत्व गरेर चुनावी गठबन्धन गर्ने सहमति भएको छ ।
यस्तै, कांग्रेसले रामपुर, माथागढी, पूर्वखोला, रिब्दीकोट, रम्भा र रिव्दीकोट गाउँपालिकाका उपप्रमुख÷उपाध्यक्ष पाउने सहमति भएको छ ।
माओवादी केन्द्रले तानसेन, निस्दी र रैनादेवीछहरा र समाजवादीले बगनासकालीमा उपाध्यक्ष लिने सहमति भएको नेकपा माओवादी केन्द्र पाल्पाका सहइन्चार्ज अनिलकिशोर घिमिरेले जानकारी
जिल्लाभरका वडा तथा सदस्यमा समेत सहमति भएको छ । राष्ट्रिय जनमोर्चा र सङ्घीय समाजवादीलाई वडा तहमा भागबण्डा गर्ने सहमति भएको छ ।
सहमतिपछि नेताहरू पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफलमा सहभागी भएका छन् । जिल्लामा एमालेले भने अधिकांश पालिका तथा वडामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।