देशभर वर्षाको सम्भावना

काठमाडौँ- आज देशको  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १,  मधेस,  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जनरचट्याङ्गसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति  प्रदेश १, बागमती, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली  रही बाँकी भू-भागमा  आंशिक बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, मधेस, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु, उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली  तथा पश्चिम वायुको प्रभाव रहेको छ।