हामी एक-एक किलोका सुन, एमाले एक क्विन्टलको आलु : शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिसाब बुझाउनुपर्ने बेला आएको बताएका छन ।

उनले अबका चुनावबाट कांग्रेस पहिलो शक्तिका रूपमा आउने दाबी पनि गरेका छन् । ओलीले केही समयअघि पाँचदलीय गठबन्धन एकेक किलोको ढक भएको र एक क्विन्टलको एमालेले उनीहरूसँग एक्लै प्रतिस्पर्धा गर्ने बताएका थिए ।

बिज्ञापन

ओलीका अभिव्यक्तितर्फ लक्षित गर्दै आज काठमाडौंमा भएको कार्यक्रमबाट महामन्त्री शर्माले सत्तागठबन्धनका पाँच दल एक किलोका सुन भएको र एमाले एक क्विन्टलको आलु भएको बताए ।

पाँच दलसँग एमाले एक्लै लड्ने भनेर ओलीले भने पनि कमल थापा बोकेर हिँडेको आरोप शर्माको छ ।