टी–२० सिरिजः नेपालले जिम्बावे ‘ए’ लाई दियो १८२ रनको लक्ष्य

टी–२० सिरिजको पहिलो खेलमा नेपालले जिम्बावे ‘ए’ लाई १८२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो ।

बिज्ञापन

नेपालका दुई खेलाडी अर्धशतक बनाउन चुके । नेपालका लागि आदिल अन्सारीले नटआउट ४७, कुशल भुर्तेलले ४६, रोहित कुमार पौडेलले ३६, दिपेन्द्रसिंह ऐरीले २८, आशिफ शेखले ९, करण केसीले नटआउट ४ रन र आरिफ शेखले २ रन बनाए ।

नेपाली टोलीः
सन्दीप लामिछाने, आरिफ शेख, आशिफ शेख, रोहित कुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, करण केसी, कुशल भुर्तेल, अनिवाश बोहरा, सोमपाल कामी, आदिल अन्सारी र बसिर अहमद ।

नेपाल र जिम्बवे‘ए’ बीच शनिबार एकदिवसीय सिरिज हुने तालिकाका रहेको थियो । तर, वर्षाले खेल प्रभावित भयो ।

त्यसपछि क्यानले खेलको तालिकाका परिवर्तन गरेको थियो ।

टी–२० सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि तीन एकदिसीय खेल हुनेछन् ।