दोस्रो टी-ट्वान्टीमा नेपाल र युगान्डा भिड्दै

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मंगलवार युगाण्डाविरुद्ध दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

खेल घरेलु मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुने छ। यसअघि सोमबार भएको पहिलो टी–२० श्रृंखलामा नेपाल युगाण्डासँग १२ रनले पराजित भएको थियो।

बिज्ञापन

युगाण्डाले दिएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटिएको थियो थियो।

पाँच खेलको सिरिज अन्तर्गत नेपाल र युगाण्डाबीचको तेस्रो टी–२० जेठ ५ गते हुनेछ। दुई टोलीबीचको खेल जेठ ६ गते र अन्तिम खेलजेठ ७ गते हुने तालिका छ।