धनकुटामा पितृस्तम्भ निर्माण

धनकुटा, भदौ २८ । धनकुटाको मूलघाटस्थित विशान्ति मन्दिरमा पितृस्तम्भ निर्माण गरिएको छ ।

 

बिज्ञापन

तमोर नदीमा दाहसंस्कार गरिएका पितृहरुको सम्झनामा स्तम्भ निर्माण गरिएको हो ।

 

करिब २० लाख रुपैयाँको लागतमा निर्माण गरिएको स्तम्भमा शनिबारदेखि तर्पण दिन सुरु भएको छ ।

 

दैनिक तर्पण दिने व्यवस्था मिलाइएकाले पितृहरुलाई जुनसुकै बेला तर्पण दिन सकिने मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए ।

 

सोह्रश्राद्धको पहिलो दिन शनिबार सयौं व्यक्तिले पितृका लागि तर्पण दिएका थिए ।