
काठमाडौं । एभरेष्ट बैंकले लुम्बिनीमा नयाँ शाखा उद्घाटन गरेको छ ।लुम्बिनीको परासीमा ११६ औं शाखा खोलेको हो ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशवप्रसाद भण्डारीले संयुक्त रुपमा परासी शाखाको उद्घाटन गरेका छन् ।बैंकमा हालसम्म करिब १२ लाख ग्राहक जोडिएका छन् । देशैभरि रहेको आफ्नो ११६ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १५० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट बैंकले अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।बैंकले सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ ।